१४ औं महाधिवेशनमा निधी, कोइराला र सिंह एक ठाउँमा उभिन सक्ने सम्भावना
११ असार २०७८, शुक्रबार २१:३९
११ असार काठमाण्डौं
कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सभापतिमा टक्कर दिन सभापतिका आकाक्षी नेतात्रय विमलेन्द्र निधी, शंशाक कोइराला र प्रकाशमान सिंहले छलफललाई निरन्तरता दिएका छन् ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी नेतात्रय निधि, कोइराला र सिंहले छलफललाई निरन्तरता दिएका हुन् ।
शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेताबीच महाधिवेशन केन्द्रीत छलफल भएको हो । छलफलका क्रममा एक ठाउँमा उभिन सकारात्मक पहल थालिएको उनीहरुले बताएका छन् । महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र आफुहरुका बीचमा सहमति हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।
त्यस्तै उपसभापति निधिले पनि आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्ता उत्साहित भएकाले एउटै आवाज हुने बताउनुभयो ।
त्यस्तै कांग्रेस नेता सिंहले समय आएपछि सभापतिमा को उठ्नेबारे औपचारिक घोषणा गरिने प्रतिक्रिया दिनुभयो ।
यसअघि पनि तीन नेताबीच छलफल भएको थियो ।

