२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

स्मार्ट, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर

२५ पुष २०७६, शुक्रबार ११:२८

२४ पुस, काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट जोगिएका छन् । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले दुवै कम्पनीको लाइसेन्स खारेजीको निर्णय गरेको थियो ।गत सोमबारको मन्त्रिपरिषद् बैठकले यी दुईसहित इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर गरेको छ । सरकारको साप्ताहिक पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ५ वटा किस्ताबन्दीमा बक्यौता रकम तिर्ने सुविधा दिने गरी खारेजीको निर्णय बदर गरिएको जानकारी दिए ।सरकारले आगामी असार मसान्तसम्म  बाँकी बक्यौताको पहिलो किस्ता तिर्न तीनै कम्पनीलाई सुविधा दिने निर्णय गरेको छ । बाँकी ४ किस्ता प्रत्येक आवको असार मसान्तसम्म तिर्न सुविधा दिइएको छ ।  उनीहरुले तोकिएको समयमा बक्यौता तिरे भने लाइसेन्स जोगिनेछ ।लाइेसेन्स खारेजी गर्ने प्राधिकरणको निर्णयको विरुद्धमा सेवा प्रदायकहरु सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले पनि प्राधिकरणको निर्णय सही ठहर्‍याएको थियो । त्यसपछि प्राधिकरणको निर्णयविरुद्ध उनीहरुले सञ्चार मन्त्रालयमा पुनरावेदन गरे । मन्त्रालयले पुनरावेदनको सुनुवाई गर्दै मन्त्रिपरिषदमा किस्तावन्दीको बक्यौता तिर्न सुविधा दिने गरी प्रस्ताव लगेको थियो ।सरकारलाई स्मार्ट टेलिकमको भदौसम्म २ अर्ब ३२ करोड बक्यौता छ । हेलो नेपालले पनि ८२ करोड रुपैयाँभन्दा बढी तिरेको छैन । वेबसर्फरले तीन करोड ९० लाख बक्यौता तिर्न बाँकी छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV