२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

सोमबार थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि

१४ भाद्र २०७८, सोमबार १८:०६

१४ भाद्र, काठमाण्डौं


नेपालमा सोमबार थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ८ सय ९२ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय २ र ४ हजार ३ सय ४१ एन्टीजेन परिक्षणका क्रममा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ८ लाख ४४ हजार ४ सय ८८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ७ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख १४ हजार ५२० संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३५ लाख ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र ३३८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६ हजार २९ वटा पिसिआर र ४ लाख ६५ हजार ८४० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV