२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सुन चार सय रुपैयाँले बढ्यो

२० जेष्ठ २०७८, बिहीबार १५:००

जेठ २० २०७८, बिहिबार


नेपाली बजारमा आज सुन चार सय रुपैयाँले बढेको छ ।
सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV