सुनको मूल्यमा प्रतितोलामा रु १०० कमी
२९ आश्विन २०७६, बुधबार १६:५५
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भई आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।
सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको छ ।मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
Share on Social Media
उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था
१३ जेष्ठ २०७८, बिहीबार १४:३९

