सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाई हुँदै
५ बैशाख २०७६, बिहीबार १५:२९
५ बैशाख, काठमाडौँ संसदीय सुनुवाई विशेष समितिले न्याय परिषदबाट सर्वोच्च अदालतका लागि प्रस्तावित भएका पाँचजना न्यायाधीशको संसदीय सुनुवाई बिहीबार हुँदैछ ।
सिफारिस भएका पाँचै न्यायाधीशलाई बिहीबार दिउँसो दुई बजे सुनुवाईका लागि बोलाएको हो ।
सिफारिस हुनेमा कानुन व्यवसायी कुमार रेग्मी, हरि फुयाँल र मनोजराज शर्मा तथा उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमा रहेका छन । सुनुवाई समितिमा पाँचवटा उजरी परेको छ र त्यसमध्ये दुईवटा सैद्धान्तिक विषयमा छन् । वरिष्ठ अधिवक्ता सम्भु थापासहितले उजुरी गरेका छन् । समितिले उजुरीकर्तालाई बिहान ११ बजेपछिका लागि बोलाएको छ ।
Share on Social Media

