२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता बानेश्वरबाट पक्राउ

१ असार २०७८, मंगलवार १९:२२

१ असार, २०७८

नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो संसद पुनःस्थापना गर, कोरोना खोपको ग्यारेन्टी, विद्यार्थीलाई पढ्ने विकल्प देऊसहितका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले प्रदर्शनमा उत्रिएका नेविसंघ नेता मनीष सिंखडा, अन्जनराज खतिवडा, मनीष रायमाझी, सञ्जीव ढकाल, सुवर्ण गौतम, मनीष खड्का र र रमित खड्कालाई पक्राउ गरेर नेपाल पुलिस क्लबमा राखेको छ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV