२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार छु: हितेन्द्रदेव शाक्य

२० श्रावण २०७८, बुधबार १८:५६


२० साउन २०७८, काठमाण्डौं


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै शाक्यले आफुलाई वैकल्पिक बाटो दिएर उचित ठाँउमा पठाए जिम्मेवारी स्वीकार गर्ने बताउनुभयो ।
उहाले आफुलाई राजीनामा दिन कसैले नभनेको पनि तर अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिनुभयो । आफुले राम्रो काम गरिरहेकाले जिम्मेवारीबिहीन गर्न नमिल्ने उहाको तर्क छ । त्यस्तै शाक्यले आफुले प्राधिकरणलाई अघि बढाउन धेरै काम गरेको दावी गर्नुभयो । कोरोनाको जोखिमका बाबजुत पनि प्राधिकरणले सुधारात्मक काम गरेको उहाको भनाई छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यले राजीनामा दिन निर्देशन दिँदै उहाको ठाउँमा यसअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका दिनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV