२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्छ: मोहन वस्नेत

४ श्रावण २०७८, सोमबार २०:४३

४ साउन २०७८, काठमाण्डौं

नेपाली कांग्रेसका नेता मोहन वस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षिय काम गर्ने बताउनुभएको छ ।
सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नंवर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उहाले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षिय काम गर्ने बताउनुभएको हो । नेता बस्नेतले कांग्रेसले नै संविधानको रक्षागर्ने भएकाले अन्य दलले पनि कांग्रेस प्रधानमन्त्री शेर बहादुर देउवालाई समर्थन गरेको धारणा राख्नुभयो । उहाले केपी ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरेको बताउनुभयो । त्यस्तै उहाले सिन्धुपाल्चोकमा क्रियाशिल सदस्यता बितरणमा भेदभाव भएको आरोप लगाउनुभयो । उहाले अन्य दलको उजुरीका आधारमा कांग्रेस सिन्धुपाल्चोकलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ती जनाउनुभयो । उहाले कार्यकर्ताको उचित व्यवस्थापन गर्न नसके आगामी दिनमा नया क्रियाशिल सदस्य कांग्रेसमा नआउने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराउनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV