समाजसेवी कुँवरको ‘निरन्तर समाजसेवा” नामक पुस्तक सार्वजनिक
१० श्रावण २०७८, आईतवार १३:०८
१० साउन २०७८, काठमाण्डौं
ह्यब्बी इक्विइपमेन्ट व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ नामक पुस्तक विमोचन गरिएको छ ।
काठमाडौँमा हिजो आयोजित एक कार्यक्रमका बीच ‘निरन्तर समाजसेवा’ नामक पुस्तक विमोचन गरिएको हो । निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्व प्रधानसेनापति रुकमांगत कटवालले उक्त पुस्तकको विमोचन गरेका गर्नुभएको हो । कार्यक्रममा ‘हजुरलाई नमस्ते’ पुस्तकको अडियो बुक पनि स्वीच थिचेर सार्वजनिक गरिएको थियो । आफूले गरेको समाजसेवा प्रमाणका रुपमा देखाउन पुस्तक लखेको लेखक कुँवरले बताउनुभयो ।साथै नयाँ पुस्तामा समाजसेवाको महत्व झल्काउन पुस्तक प्रकाशन गरेको उहाँको भनाई छ । कार्यक्रममा विभिन्न समाजसेवीहरुलाई पनि सम्मानित गरिएको थियो ।

