२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ

२० कार्तिक २०७६, बुधबार १०:५९


सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV