सञ्चारकर्मी को पहलमा गोरखा नगरपालिका १ मा स्वास्थ्य सामाग्री हस्तान्तरण
५ असार २०७८, शनिबार १८:५७
५ असार २०७८ शनिबार, गोरखा
देश बिदेशमा बसेबास गर्ने नेपाली हरुको सहयोग मा गोरखा नगरपालिका १ सामाग्री हस्तान्तरण गरिएको छ ।
सञ्चारकर्मी अमित भट र सुदिप पनेरु को पहलमा गोरखा नगरपालिका वडा न १ का ६१९ घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
वडा अध्यक्ष हिक्मत बहादुर कुँवर , ताप्ले स्वास्थ्य चौकिका प्रमुख , बिभिन्न पार्टीका प्रतिनिधिहरु , बुद्धिजीवीहरु लगायतका वडा सदस्यहरुलाई शनिबार एक कार्यक्रमको बिच स्वास्थ्य सामाग्री हस्तान्तरणगरिएको भट ले जानकारी दिनुभयो । बितरण गरिएको स्वास्थ्य सामाग्रीमा ३४००० पिस मास्क, ४ पिस अक्सिमिटर, २०० पिस साबुन, लगाएतका सामाग्री
बितरण गरिएको थियो ।
स्वास्थ्य सामाग्री बुझ्दै वडा अध्यक्षले स्वास्थ्य सामाग्रि प्रदान गर्ने सम्पुर्ण लाई धन्यवाद ज्ञपन गर्नुभएको थियो ।

