संयुक्त राजनीतिक दलित संघर्ष समितिद्धारा काठमाडौंमा प्रदर्शन
२९ असार २०७८, मंगलवार १५:३७
२८ असार २०७८, काठमाण्डौं
देशभर दलित समूदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
जातीय विभेद अन्त्य नभएका कारण बिभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित बिभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले जातिय विभेद गर्नेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै अव निरन्तर राज्यलाई खवरदारी गर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाच्न दे, जुन समाजमा जात छ, विभेदै बिभेदको खात छ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

