विप्लव समूहको गोप्य कार्यालयमा छापा
३१ भाद्र २०७६, मंगलवार १२:३७

विर्तामोडस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय पछाडिपट्टि रहेको गोप्य कार्यालयबाट झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रवीण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई पक्राउ गर्न करिब १० दिन लागेको जिल्लास्थित नेपाल प्रहरीका अधिकारीहरुले बताएका छन्।
एक नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोषाकमा खटिएका प्रहरी, जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको र कार्यालयमा छापा मारेर गोप्य दस्तावेजसमेत फेला पारेको प्रहरीले दाबी गरेको छ।
उनीहरुलाई मंगलबार अपरान्ह पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। विप्लव समूहको कार्यालयमा छापा मारेर केही हतियार तथा गोलीसमेत बरामद भएको बताइएको छ।

