विप्लव समूहका दूई कार्यकर्ता पक्राउ
१ मंसिर २०७६, आईतवार १२:१८
प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इञ्चार्ज नीमबहादुर डाँगीलाई शनिबार ट्वाङखोलाबाट प्रहरीले पक्राउ गरेको हो । ट्वाङखोलाबाट मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको हो ।
Share on Social Media

