विपि स्टडी युथ सर्कलको बागमती प्रदेश र नुवाकोट कार्यसमितिले निःशुल्क खाना वितरण कार्य जारी
३१ जेष्ठ २०७८, सोमबार १२:०९
विपि स्टडी युथ सर्कलको बागमती प्रदेश र नुवाकोट कार्यसमितिले निःशुल्क खाना वितरण कार्य जारी राखेको छ ।
कोरोना नियन्त्रणको प्रयास स्वरुप देशमा निषेधाज्ञा जारी रहेका बेला समस्यामा परेकाहरुकालागि निःशुल्क खाना वितरण कार्य जारी राखिएको हो । लगातार १० दिन देखि काठमाडौंको माछापोखीबाट खाना वितरण कार्य जारी राखिएको छ । दैनिक ज्याला मजदुरी गरि खानेहरुलाई निषेधाज्ञाले खाना खानै समस्यामा पारेकाले उनिहरुको गासको सुरक्षाकालागि निःशुल्क खाना वितरण कार्य जारी राखेको आयोजकको भनाई छ ।

समितिले निषेधाज्ञाले खाना खानै समस्यामा परेका दैनिक सयौँ मानिसहरुलाई विहान र बेलुकी दुई पटक खाना उपलब्ध गराउने गरेको छ । विहानको खाना साढे ८ बजे देखि वितरण सुरु गर्दै आएको समितिले बेलुकीको खाना साढे ६ बजे पश्चात वितरण गर्ने गर्दछ । सयौँ मानिसहरुलाई खाना उपलब्ध गराइने यस कार्यकालागि दैनिक करिब ३० हजार रुपैयाँसम्म बजेट आवश्यक परिरहेको आयोजकको भनाई छ । निःशुल्क खाना वितरण कार्यक्रम निषेधाज्ञा अवधिभर चलाइने आयोजक विपि स्टडी युथ सर्कलको बागमती प्रदेश र नुवाकोट कार्यसमितिले जनाएको छ ।


