वन्दिपुर गाउँ कार्य समितिको सचिव पदका लागि मैदानमा उत्रिए नेता अधिकारी
१६ श्रावण २०७८, शनिबार १९:४९
१६ साउन,२०७८ काठमाडौँ
नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन नजिकीएको संगै गाउँमा पनि चुनावी चहलपहल सूरु भएको छ । लामो समय देखि त्रिचन्द्र कलेजबाट ने।वि संघको राजनीति गरेका विद्यार्थी नेता सुवास अधिकारी पनि तनँहु जिल्ला स्थिति वन्दिपुर गाउँ कार्य समितिको सचिव पदका लागि मैदानमा छन् ।
अग्रज व्यक्तित्वलाई सम्मान , असक्षम र असफल नेतृत्वलाई विश्राम र पुस्ता हस्तानतरण महाअभियानमा सवैलाई सहयोग गर्न आहवान गर्दै आफू मैदानमा उत्रिएको अधिकारीले वताएका छन् ।
सभापतिमा करिब ८ जनाको दाबेदार ९कर्ण खत्री , राजु वानियाँ , वैश गुरुङ, विपिन गुरुङ, श्याम श्रेष्ठ , गणेश गुरुङ, किसान प्रचान, विरेन गुरुङ ० लगायत छन् भने अर्को सचिवमा कर्ण गुरुङ पनि मैदानमा छन् ।

