लोकतन्त्रको रक्षाका लागि निर्वाचनको बाताबरण बनाउन अनेरास्ववियुको माग
२५ असार २०७८, शुक्रबार १९:००
असार २५, २०७८ काठमाण्डौं
सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक रहेको भन्दै प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको बाताबरण बनाउन माग गर्दै प्रदर्शन गरेको हो ।
संवैधानिक सर्बोच्चता , दलिय ब्यबस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले नारावाजी गरेका थिए ।
त्यस्तै उनीहरुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बन्नुपर्ने र ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।
निर्दलियताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नवन्नका लागि खवरदारी गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिनुभयो । उहाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफुहरु सडकमा आएको बताउनुभयो ।
उहाले लोकतन्त्र र संविधानमाथि हमला भइरहेको सवै जनतालाई सचेत गराउनुपर्ने धारणा राख्नुभयो । निर्दलिय गठबन्धनले मुलुकलाई बन्धक बनाउने काम गरेको संगठनको आरोप छ ।

