२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

ला लिगा फुटबलको जारी सिजनमा रियाल मड्रिडको पहिलो हार

३ कार्तिक २०७६, आईतवार १३:३१

स्पेनिस महारथी रियाल मड्रिडले ला लिगा फुटबलको जारी सिजनमा गएराती सम्पन्न खेलमा आरसिडी मलोर्कासँग खराब प्रदर्शन गरेसँगै रियालले पहिलो हार ब्यहोरेको हो । इडेन हजार्ड र ग्यारेथ बेल बिना नै मैदान उत्रिएको रियाल खेल सुरु भएको ७ औं मिनेटमा पछि परेको थियो ।
आरसिडी मलोर्काका लागो जुनियरले गोल गरेपछि दबाबमा परेको रियालले बाँकी समयमा पनि उत्कृष्ट खेल्न सकेन । दोस्रो हाफमा आक्रमक देखिए पनि अवसर सदुपयोग गर्न सकेन । उल्टै ७४ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । फाउल गरेपछि अल्भारो रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको बाँकी समय रियाल खेलमा फर्किन
सकेन र पराजित भयो । पराजित भएपनि रियाल ला लिगाको दोस्रो स्थानमा छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV