२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

लागुऔषध चरेससहित ५ जना पक्राउ

१ मंसिर २०७६, आईतवार १२:३९

बर्दिया प्रहरीले लागुऔषध चरेससहित ५ जनालाई सदरमुकाम गुलरियाबाट पक्राउ गरेको छ । पहाडी जिल्लाबाट संकलन गरिएको उक्त चरेस तराईको बाटो हुँदै भारततर्फ लैजाने क्रममा प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ परेकाले बोकेको कालोझोलाभित्र प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा ५८ किलोग्राम लागुऔषध चरेस, नगद बत्तीस हजार पाँचसय अन्ठान्नब्बे रुपैयाँ र ५ थान मोबाइल सेट फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV