२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

रौतहटका प्रहरी चौकीमा बम विष्फोट

२६ कार्तिक २०७६, मंगलवार १५:३२


रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । मंगलबार दिउँसो बम विष्फोट हुँदा प्रहरी जवान रन्जित यादव घाइते भएका छन् । बम प्रहार गर्ने भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका छन । मोटरसाइकलमा आएका युवाले प्रहरीलाई लक्षित गरेर बम प्रहार गरेका हुन् । प्रहरीले भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV