२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको डा. प्रकाशशरण महतको भनाई

१९ भाद्र २०७८, शनिबार १९:१३

भाद्र १९, काठमाण्डौं


नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले नेपालले छिमेकी र अन्य मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउने बताउनुभएको हो । नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको उहाले बताउनुभयो । उहाले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको जिकिर गर्नुभयो । महतले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउनेपनि विश्वास दिलाउनुभयो । त्यस्तै, डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पार्नुभयो । उहाले कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको दावी गर्नुभयो ।उहाले उम्मेद्धवारीको प्रश्नमा आकांक्षाहरु अभिव्यक्त हुनु स्वभाविक भएको बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV