२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित

२८ भाद्र २०७८, सोमबार १६:१२

भाद्र २८,काठमाण्डौं


प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूची अघि बढाउदा एमालका सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेका सांसद कोमल वलीले सभामुखले सांसद पदको दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेकै अवस्थामा सदनको काम कारवाही अघि बढ्न नसक्ने बताउनुभयो । सभाअध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभामा उठेका विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु उचित नभएको बताउँदै सदनको औचित्य र गरिमालाई कायम राख्न सांसदलाई आग्रह गर्नुभयो ।
त्यसपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले कार्यसूची अघि बढाउनुभएको थियो । बैठकले पूर्वसदस्य रुक्म शमशेर जवराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बिहान ११ बजे बस्नेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV