रत्नराज्य विद्यालयलाई लायन्स क्लब अफ काठमाडौँ उडानद्धारा फर्निचर सहयोग
३ आश्विन २०७८, आईतवार २०:४७
काठमाडौँ, ३ असोज ।
लायन्स क्लब अफ काठमाडौँ उडानले रत्नराज्य माध्यामिक विद्यालय रामकोटलाई फर्निचर सहयोग गरेको छ ।
रिमा अग्रवालको अध्यक्षतामा आठ वर्ष पहिले स्थापना भएको काठमाडौँ उडानले काठमाडौँको नागार्जुन नगरपालिका रामकोटमा रहेको रत्नराज्य माध्यामिक विद्यालयलाई फर्निचर सहयोग गरेको हो ।
विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुननिर्माण गरेसँगै लायन्स क्लब अफ काठमाडौँले विद्यार्थी बस्नका लागि ५० वटा बेन्च सहयोग गरेको क्लबका सचिव नेहा अग्रवालले जानकारी दिनुभयो ।
रत्नराज्य माध्यामिक विद्यालय रामकोटमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष प्रिति सिंघानियाले विद्यालयका प्राचार्य सुन्दर पुरीलाई फर्निचर हस्तान्तरण गर्नुभएको हो ।
चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वका विभिन्न मुलुक हुँदै नेपालमा पनि भित्रिएपछि अफ्ठयारोमा परेका जनतालाई यसअघि राहत वितरण गरेको थियो ।
उक्त क्लबले गतवर्षको कोरोना महामारीको समयमा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारत १०० कोरोना विरामीलाई निःशुल्क खाना वितरण गरेको थियो भने बेलाबेलामा रक्तदानलगायतका सामाजिक काम समेत गर्दै आएको छ ।
महिलाहरुकै सक्रियतामा स्थापना भएको उक्त लायन्स क्लबले पछिल्लो समय महिला लक्षित कार्यक्रम अगाडि सारेको छ । महिलाहरुको स्वास्थ्यलाई ख्यालमा राखेर महिलामा हुने महिनावारी समस्याको समाधानका लागि रि युजेवल सेनिटरी प्याड वितरण गरिएको सचिव अग्रवालले बताउनुभयो ।
लायन्स क्बल अफ काठमाडौँ उडानले क्यान्सर विरामीलाई यसअघि ह्वील चेयर वितरण समेत गरेको थियो । यस्तै, नयाँ नेपाल समाज नयाँ बानेश्वरमा रहेका १५ छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीलाई आर्ट कम्पिटिसन समेत गराएको थियो । यस्तै, महिला स्वास्थ्यका लागि जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको सचिव अग्रवालको भनाई छ ।

