योजना आयोगका उपाध्यक्ष र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज
१४ श्रावण २०७८, बिहीबार १०:०८
१४ साउन २०७८, काठमाण्डौं
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।
उहाँहरुको सपथ ग्रहण कार्यक्रम आज बिहान साढे नौ बजे तय भएको बताइएको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त हुनुभएको छ । राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय भएकाले यसको अध्यक्षता प्रधानमन्त्रीले गर्नुहुन्छ । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहनुहुन्छ ।

