२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

युवा समिति गोरखाका अध्यक्ष राजन गुरुङको पहलमा स्वास्थ्य सामाग्रि हस्तान्तरण

२७ जेष्ठ २०७८, बिहीबार १५:५०

जेठ २७ २०७८ बिहिबार, गोरखा

युवा समिति गोरखाका अध्यक्ष राजन गुरुङको पहलमा अजिरकोट गाउपालिकालाई जन स्वास्थ्य बिभाग टेकुको सहकार्यमा कोभिड बिरुद्धका स्वास्थ्य सामाग्रिहरू हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामगि हरुमा अक्सीजन सिलिन्डर सहित अक्सीमिटर पाँच ओटा एनटिजेन किट १०० पिस पिपिई सेट ५० पिस थरमोमिटर लगायत स्वास्थ्य सामग्रि पालिका प्रशासकिय प्रमुख शुरेश दवाडिलाई हस्तान्तरण गरिएको हो । त्यस्तै गरि आरुघाट गाउपालिका लार्र्इ पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । अक्सीजन सिलिन्डर पिपिई सेट अक्सीमिटर अक्सीजन कन्सनटे«टर सहित विभिन्न स्वास्थ्य सामग्रि पालिका प्रशासकिय प्रमुख एकदेव खनाल र स्वास्थ्य प्रमुख बिजय श्रेष्ठ लाई हस्तान्तरण गरिएको थियो । कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने र कोरोना संकटलाई तत्काल समाधान गर्न यूबा नेता एवम युवा समिति का अध्यक्ष गुरुङ सहितको टोली सो क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गरिएको उहँहरुको भनाई छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV