२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

यस वर्ष धान रोपाइँ सुस्त

२४ असार २०७८, बिहीबार १३:१९

२४ असार २०७८, काठमाण्डौं

गत वर्षभन्दा यस वर्ष धान रोपाइँ सुस्त देखिएको छ ।
कृषि विभागले सार्वजनिक गरेको असार २२ गतेसम्मको विवरणअनुसार यस वर्ष देशभर ५६.६१ प्रतिशत अर्थात् सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
जुन गतवर्ष भन्दा ४.५ प्रतिशतले कम हो । गतवर्ष समीक्षा अवधिमा कुल धान खेति हुने क्षेत्रफलको ६०.६६ प्रतिशत अर्थात् आठ लाख ३२ हजार १३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV