म्हेपि संरक्षण तथा व्यवस्थापन समितिको वडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न
१६ आश्विन २०७८, शनिबार १५:०६
असोज १६, काठमाण्डौं
म्हेपि संरक्षण तथा व्यवस्थापन समितिले वडा दशै, दिपावली तथा छठपर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न गरेको छ । वि।स। २०७८ तथा नेपापल संवत ११४२ को अवसर पारेर शुभकामना आदान(प्रदान गरेको हो ।
समितिका नवनिर्वाचित अध्यक्ष जीवन मानन्धरले म्हेपि सम्पदाको पुरातात्विक सौन्दर्य र महत्वलाई जोगाउँदै यस क्षेत्रको संरक्षण र विकासमा समितिले काम गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । त्यसैगरी उनले म्हेपि मन्दिरको सेवा गरे कसैले दुख नपाउने बताए । उनले भने, ‘म्हेपि माको सेवा गरे कसैले दुख पाउँदैन, यसको कुभलो चिताउने कसैको भलो हुँदैन । यो सत्य कुरा हो र भइरहेको पनि त्यही छ ।’ अध्यक्ष मानन्धरले दशै, दिपावली र छठपर्वको अवसरमा सम्पूर्ण नेपालीहरुको शुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरे ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्पूर्ण नेपालीहरुप्रति तीनै पर्वको शुभकामना व्यक्त गर्दै उपत्यकामा रहेका धर्म(संस्कृति र सम्पदाको संरक्षणमा आफू लागि पर्ने प्रतिबद्धता जाहेर गरे । उनले शुभकामना दिने क्रममा एमालेको विभाजनतर्फ संकेत गर्दै सूर्यचिह्नबाट मत पाएरु सांसद र मन्त्री भएकाहरुले पार्टी नै छाडेर जानु जनताप्रतिकै धोका भएको बताए । सूर्यचिह्नबाट चुनाव जितेर रुखमा भोट हाल्नु कुन मूल्यमान्यता हो, भनेर उनले प्रश्न गरे । उनले देशको राजनीतिले सहज निकास पाउछ भने आफूजस्तो सुकै त्याग गर्न पनि तत्पर रहेको बताए । वामदेव गौतवलाई प्रधानमन्त्री बनाउँदा देशले निकास पाउछ भने त्यसका लागि किन त्याग नगर्ने भनेर नै आफूले सांसदबाट राजीनामा दिन तयार भएको उनको उनले दावि गरे ।
यसै गरी अर्का अतिथि महानगरीय प्रहरी बृत लैनचौर सोह्रखुट्टेको प्रमुख प्रनाउ दुर्गाप्रसाद दाहालले नजिकिदै गरेको चाड पर्बलाई लक्षित गरि विभिन्न वडा एरियामा हुनसक्ने सम्भावित अपराधीक कृयाकलापहरुको रोकथाम तथा नियन्त्रणमा सुरक्षाकर्मी हरदम कठिबद्द रहेको जानकारी गराउनु भयो।
बागमती प्रदेशसभाका सदस्य बसन्त मानन्धरले कोभड महामारिलाई ध्यान दिदै र सरकारले निर्देश गरेको अनुशासन पालना गर्दै पर्व मानउन सबैसँग अनुरोध गरे । शुभकामन दिने क्रममै उनले राजनीतिक उतारचढावलाई संकेत गर्दै केही व्यक्तिको अहंकार र सनका कारण जनताको समृद्धिको अपेक्षा पुरा हुन नसकेको बताए । उनले यही पर्वको अवसरमा सनकी नेताहरुको सद्बुद्धि फिरोस् भन्ने कामनासमेत गरे ।
त्यसैगरी शुभकामना मन्तव्य राख्दै संवैधानिक मस्लिम आयोग नेपालका सदस्य महम्मद अलिले म्हेपि मन्दिर हामी सबैको मान, सान र गौरव भएको बताए । उनले सबै धर्मावलम्बीहरु मिलेर बस्नु नेपालको सम्पति र सौन्दर्य भएको धारणा राखे ।
कार्यक्रममा स्थानीय बासीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमा म्हेपि सम्पदाको संरक्षण समितिका संस्थापक सदस्यहरुलाई सम्मानसमेत गरिएको थियो ।

