माइतीघर बाट विद्यार्थी नेता ढकाल पक्राउ
२१ जेष्ठ २०७७, बुधबार १७:३३
२१ जेठ, काठमाडौैं । प्रतिबन्धित विप्लव समूहका एकजना विद्यार्थी नेता पक्राउ परेका छन् । एमम सिसि को विरोध गर्ने क्रममा माइतीघर मण्डलाबाट विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले ढकाललाई पक्राउ गरेर ल्याइएको पुष्टि गरेका छन् । ढकाल एमसीसीको विरोध गर्दै माइतीघर पुगेका थिए ।
Share on Social Media

