महोत्तरीमा सडकमा मागेर खाने महिलाको बलात्कारपछि हत्या
१६ आश्विन २०७६, बिहीबार १६:१८
महोत्तरीको गौशाला नगरपालिका–१० थापाटोल स्थित मरहा नदी किनारमा सडकमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या गरी फालेको अवस्थामा आज विहान अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको छ । ।शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । मृतक महिलाको मुख बाँधेको छ भने जिउमा रगतका थोपाहरु देखिन्छ । सुस्त मनस्थितिकी महिला स्थानीय गाउँघरमा मागेर खाने गर्थिन् ।
Share on Social Media

