२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

महामन्त्री पदमा उम्मेद्वारी दिने गगन थापाको घोषणा

१४ भाद्र २०७८, सोमबार १५:२३

१४ भाद्र काठमाण्डौं


नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गर्नुभएको छ ।
सोमबार काठमाडौंमा कांग्रेस ३० नंवर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । आफ्नो दावेदारीका आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेको उहाले बताउनुभयो । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।
थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफुले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV