२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

मन केसी अस्ट्रेलियाको नेपाली समुदायको चिर परिचित नाम हो।

१३ आश्विन २०७६, सोमबार १८:०२

विगत २३ वर्षदेखि अस्ट्रेलियाको नेपाली समुदायमा अभियन्ताका रूपमा अनुभव संगालेका केसी यस पटक आसन्न गैरआवासीय नेपाली संघ(एनआरएनए) को उपाध्यक्ष पदको आकांक्षीका रूपमा मैदानमा उभिएका छन्।

केसी एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता, कुशल व्यवसायीका रूपमा पनि चिनिन्छन्। 

‘समाजप्रतिको पवित्र प्रेम र सर्मपणको भावलाई मानव जीवनको महत्वपूर्ण पक्षका रूपमा आत्मसात गर्दै अगाडि बढ्ने मेरा योजना र कार्यदिशालाई अस्ट्रेलिया महादेशबाट केही फराकिलो पार्ने मेरो प्रयास हो’, मनले आफ्नो उम्मेदवारी प्रस्तुत गरे।
यसअघि एनआरएनए आइसिसीको प्रवक्ता समेत भैसकेका मन केसी स्थापनादेखि अहिलेसम्म आइपुग्दाको अनुभवलाई संगालेर आसन्न निर्वाचनमा संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताउँछन्।

मुलुकमा लगानी, सम्मानित वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएनए नागरिकता, आधारभूत योजना तर्जुमा गरी सबल संगठनको संरचना जस्ता महत्वपूर्ण कार्ययोजना बोकेर केसीले यसपटक उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए।

सन् २००५ मा एनआरएनए अस्ट्रेलियाको संस्थापक अध्यक्षको हैसियतले सामाजिक क्षेत्रमा लागेको केसीले त्यसपछि आजसम्म आइपुग्दा एनआरएनएका विभिन्न महत्वपूर्ण पद र जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

केसीले एनआरएनए अस्ट्रेलियाको अध्यक्ष, ओसेनिया क्षेत्रीय संयोजक र एनआरएनए ग्लोबलको प्रवक्ताका रूपमा आफ्नो जिम्मेवारीलाई सफल रूपमा निर्वाह गरिसकेका छन्।

‘मेरो उम्मेदवारी भनेको संसारभर छरिएर रहेका गैरआवासीय नेपाली समाजको पहिचान र प्रतिष्ठा अभिवृद्धिको लागि पनि हो भन्ने मैले ठानेको छु। पछिल्लो डेढ दशकसम्म लगातार एनआरएनए कर्ममा लागिरहँदा मैले समेटेको अनुभवलाई संगालेर संस्थाको हितमा काम गर्छु भन्ने मेरो सोच हो,यसलाई सबैले साथ दिनुहुन्छ भन्ने विश्वास मैले लिएको छु’, केसीले भने।

गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV