मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु
२ श्रावण २०७८, शनिबार ०९:४९
२०७८ साउन २ गते, काठमाण्डौं
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य पुनः सुरु गर्ने भएको छ।
सर्वोच्च अदालतको फैसलासँगै केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन नहुने भएपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्न लागिएको हो। आयोगले शुक्रबार विज्ञप्ति जारी गरी साउन ३ गतेबाट निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएको छ।
Share on Social Media

