२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

भूकम्पपछिको पुनःनिर्माणको काम समयमै सम्पन्न गर्ने सरकारलाई निर्देशन

२१ श्रावण २०७८, बिहीबार १८:१५


२१ साउन २०७८ काठमाण्डौं


भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गरेको हो ।
बैठकले हालसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न प्राधिकरण र सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले एकातिर कोभिडको असर र अर्कातिर राजनीतिक परिवर्तनले प्रभाव पार्दापार्दै पनि प्राधिकरणले राम्रो प्रगति हासिल गरेको बताउनुभयो । उहालेप्राधिकरणको स्थापना भएर अहिलेसम्म स्थानीय सामााजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या हल गर्दै अघि बढिरहेको जिकिर गर्नुभयो ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवलीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने बताउनुभयो । कोभिडको त्रासले गर्दा धरहरा नागरिकका लागि खुल्ला नगरिएको उहाँको भनाइ छ ।
बैठकमा समिति सदस्यहरुले कतिपय स्थानमा अझै पनि गुनासो सम्बोधन हुन बाँकी रहेकाले त्यसलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV