भिमसेनथापा गाउँपालिका युवा संघको अध्यक्षमा उज्जवल लामिछाने
५ आश्विन २०७८, मंगलवार ०९:०३
५ असोज गोरखा ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको भिमसेनथापा गाउँपालिकाको गाउँ कमिटीको अध्यक्षमा उज्जवल लामिछाने चयन भएको छन् ।
सोमबार भिमसेनथापामा भएको पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमबाट लामिछानेको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा मेनुका श्रेष्ठ, सचिवमा दिपक ढकाल, सहसचिवमा व्वामे सार्की र कोषाध्यक्षमा रामकुमार दराई चयन भएका छन् । यस्तै, सदस्यहरुमा सादुराम रोक्का, अशोक तामाङ, अनुपम दाहाल, रामप्रसाद लामिछाने, रामु रोक्का, विरेन तामाङ, सोमराज घले र रामशरण गुरुङ चयन भएका छन् ।
Share on Social Media

