भाारतमा नेपाली सम्मानीत
२१ जेष्ठ २०७७, बुधबार १७:४६
काठमाडौं , सप्तरीका नेपाली मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ।लामो समय देखि मानव अधिकारको क्षेत्रमा काम गेरका र मानव अधिकालागि निरन्तरण रुपमा लागेका सप्तरी महादेवा वडा नं ९ स्थित २७ वर्षिय युवा प्रकाशमणी राउतलाई नेशनल ह्युमन राईटस् अर्वाडवाट सम्मानित गरिएको हो।नेशनल एनटी काइम्स एण्ड ह्युमन राईटस् काउन्सिल अफ इन्डिया नामक संस्थाले राउतलाई एक तोला सुन,२००० हजार भारतीय रूपैयाँ तथा चाँदीको प्लेटका साथमा प्रमाणपत्रले समाजिक सिपाही अर्वाडवाट सम्मानित गरेको छ।
विश्व कोरोना महामारीले गर्दा विभिन्न देशहरूमा लकडाउन लगाइएको छ।त्यसमा पनि भारत लगायत नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई संस्थाले समाजिक संजाल मार्फत प्रमान पत्र सहित सम्मान गरेको छ।नेपाली मानव अधिकारकर्मी राउत भारतको नेशनल ह्युमन राईटस् संस्थावाट सम्मानित हुदाँ भारतिय बिभिन्न संघ(संस्था,राजनैतिक कर्मी,बुद्धिजिवी,नागरिक अगुवा तथा सरोकार ब्यक्ती लगायतका भारतिय मिडिया समेतले नेपाली व्यक्ति राउतलाई वधाई तथा धन्यवाद ब्यक्त गरेका छन्।
समाजिक तथा मानव अधिकार क्षेत्रमा कार्यरत राउत नेपाल पिछडा वर्ग विद्यार्थी महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका छन्।यस्तै क्रममा आफनो देश नेपालका विभिन्न संघ(संस्था तथा नेपाली जनता सहितले अग्रिम वधाई र सम्मानको शिखर चुम्ने कामना सहित राउतलाई शुभकामना प्रकट गरेका छन्।राउत विभिन्न सामाजिक संघ(संस्थामा लागेर लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका छन्।उनको योगदान र प्राप्त गरेको अवार्ड प्रति नेपाल सरकारले समेत खुसी व्यक्त गर्दै वधाई ज्ञापन दिएको छ।

