२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

भारतिय एसएसबि को ज्यादती निन्दनीय: नेबिसंघ

१६ श्रावण २०७८, शनिबार ०८:०१

१६ साउन २०७८ काठमाण्डौं

दार्चुलामा भारतिय सिमा सुरक्षा बलको ज्यादती प्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट माहाकाली नदी तर्ने क्रममा भारतीय एसएसबि का जवानले तुईन काटि दिंदा दार्चुला जिल्ला व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार माहाकाली नदिमा बेपत्ता भएको खबरले आक्रोशित बनाएको बताएका छन। यस्तो अत्यन्तै अमानवीय ,निन्दनिय र आपत्तिजनक यस बिषयमा तुरुन्तै भारतीय पक्ष संग कुरा गरि अपराधीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्वाही सहित क्षति पुर्तिको ब्यवस्था गर्न नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकार संँग माग गरेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV