ब्युटिसियन संघद्वारा मुख्यमंत्री पोखरेललाई ज्ञापन पत्र
२० जेष्ठ २०७७, मंगलवार १९:५०
बुटवल २० जेष्ठ ।
नेपाल ब्युटिसियन संघले प्रदेश सरकारको आगामी बजेटमा ब्युटिसियन क्षेत्रमालाई पनि राहत प्याकेजमा समेट्न माग गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।
संघका राष्ट्रिय समितीकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा तथा ५ नम्बर प्रदेश समिति अध्यक्ष विष्णु थापाको नेतृत्वमा गएको ब्युटिसियनहरूको टोलीले आज मुख्यमन्त्री पोखरेललाई १० बुँदे ज्ञापनपत्र बुझाएको हो ।
एकल महिला,गृहीणी सामान्य पढेलेखेका महिला दिदीबहिनीहरु अधिकांश मुख्यत स्वरोजगार पेशामा रहेको र सो पेशा अहिले कोभिड १९ र लकडाउनको कारण बाट पलायन हुने अवस्थामा पुगेको भन्दै संघले प्रदेशको आउदो बजेटमा ब्युटिसियन पेशालाई संरक्षण गरि विशेष राहत प्रदान गरि दिन माग गर्दै ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल ब्युटिसियन संघ ५ नम्बर प्रदेश समितीले मुख्यमंत्री पोखरेल लाई भेटेर १० बुदे ज्ञापन पत्र बुझाएको हो ।
प्रदेश भर पचासौ संख्यामा सिटीभीटीबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्र तथा हजारौको संख्यामा गाउ र गाउ तथा नगरको भित्रका गल्ली गल्लीमा रहेका ब्युटिपार्लरमा कार्यरत हजारौको संख्यामा त्यहा कार्यरत महिला दिदीबहिनीहरुको पेशा लामो समयसम्मको लकडाउनका कारणजोखिममा रहेको संघका ५ नम्बर अध्यक्ष विष्णु थापा बताइन् ।
हजारौं महिला दिदी बहिनीहरु संलग्न रहेको स्वरोजगारमुलुक ब्युटिसियन पेशाको संरक्षणका लागि आउदो प्रदेशको बजेटमा सम्बोधन गर्न माग गर्दै मुख्यमंत्रीलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष थापाले बताइन् ।
१० बुदे ज्ञापन पत्रमा ब्युटीपार्लर पेशालाई संरक्षण गर्न लकडाउनको शुरुवाती अवस्थामा नै संघीय सरकार बाट घोषणा गरिएको घर भाडा छुटको घोषणा प्रदेशमा पनि कार्यान्वयन गराउन,प्रदेशको बजेटमा विशेष राहतको घोषणा गर्न, नगर तथा गाउ पालिका लगायत सरकारका विभिन्न निकाय बाट लिईने कर तथा राजस्व यस वर्षको छुट गराई दिन, प्रदेशभर स्थानीयतहमा यस क्षेत्रका पेशाकर्मीहरुलाई पंजीकरण गरि राहतको व्यवस्था गर्न , स्वरोजगार तथा अनौपचारीक क्षेत्रका श्रमिकहरुलाई सामाजीक सुरक्षाकोषको दायरामा व्यवहारीक रुपमा समावेश गराईदिन, पेशालाई पुर्नजिवित गर्न बजेट मार्फत सफट लोनको व्यवस्था गरिदिने र बैंक बाट ऋण लिई शुरु गरिएको पेशाकर्मीहरुलाई घटीमा ६ महिना पछि किस्ता तिर्ने र लकडाउन अवधीभरको ब्याजछुट को व्यवस्था गरिदिने लगायतका माग रहेका छन् ।
संघले गत आइतबार जेष्ठ १८ गते राष्ट्रिय समितीबाट संघीय श्रम मंत्रीलाई पनि यो पेशा संरक्षण गर्न १० बुदे ज्ञापन पत्र दिईसकिएको र राष्ट्रिय समितीको निर्देशन अनुसार सबै प्रदेश समितीहरुले मुख्यमंत्रीहरूलाई ज्ञापन पत्र दिने कार्यक्रम रहेको संघकी राष्ट्रिय समितीकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले जानकारी दिइन् ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले संभव भए सम्म प्रदेश सरकारबाट सहयोग रहने प्रतिवद्वता जनाएको वरिष्ठ उपाध्यक्ष शर्माले बताइन् ।
आजैै सो १० बुदे ज्ञापन पत्रको बोधार्थ तथा कायार्थ कपि प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी र सामाजीक विकास मंत्री सुर्दशन बराललाई समेत बुझाईएको संघले जनाएको छ ।
सो अवसरमा राष्ट्रिय समितीकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा , प्रदेश अध्यक्ष विष्णु थापा सहित प्रदेश सचिव सुनिता अर्याल , रुपन्देही अध्यक्ष रेणु कर्माचार्य , बुटवल नगर अध्यक्ष मनु न्यौपाने लगायतको सहभागीता रहेको प्रदेश अध्यक्ष थापाले जानकारी दिइन् ।

