२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

बैंक तथा वित्तीय संस्थाहरु खुल्लै रहने, सकेसम्म डिजिटल कारोबार गर्न बैंकर्स संघको आग्रह

९ चैत्र २०७६, आईतवार १२:१७

बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा नियमित रुपमा गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्न लागेका हुन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने बैंकर्स संघको भनाई छ । साथै बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न संघको आग्रह छ ।‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने समेत बनाएका छन् । साथै डिजिटल कारोबार गर्दा पनि शुल्क नलाग्ने बनाएकौ हो । अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । यसकारण पनि बैंकको शाखामा पुगेर भन्दा घरमै बसेर कारोबार गर्न संघको आग्रह छ । यद्यपि, शाखामै पुगेर कारोबार गर्नेहरुका लागि आवश्यक सुरक्षा सावधानी सहित कारोबार गर्न संघको आग्रह छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV