बेलायती प्रधानमन्त्रीबोरिस जनसनले विवाह गरे
१६ जेष्ठ २०७८, आईतवार १५:१९
२०७८ जेष्ठ १६ आइतबार
बेलायती प्रधानमन्त्रीबोरिस जनसनले विवाह गरेक छन् ।
लण्डनको वेस्टमिनिस्टर चर्चमा ५६ वर्षीय जनसनले शनिबार गोप्य ढंगले आफ्नी प्रमिका कैरी साइमनसँग लगन गाँठो कसेका हुन् । केरी र जनसनका बिच २३ बर्षको उमेर फरक रहेको बताईएको छ । प्रधानमन्त्री जनसनको यो विवाहको चर्चाले यतिबेला लण्डन गर्माएको छ । बोरिस जनसन बेलायतको प्रधानमन्त्रीमा निर्वाचित हुनासाथै सन् २०१९ देखि केरी जनसनसँगै सरकारी निवास डाउनिंग स्ट्रिटमा रहँदै आएकी थिईन् । गत २०२० मा केरीले विल्फ्रेड ला‘री निकोलस जानसनलाई जन्मदिएकी थिईन् । तर यो घटना पनि बेलायतमा गोप्य नै थियो । बेलायती अखवार द सन र डेली मेलले जनाए अनुसार, गत बर्ष प्रधानमन्त्री जनसनले सन् २०२२ मा आफ्नी प्रमिकासँग विवाह गर्ने भन्दै आफ्ना निकटस्थहरुलाई निमनत्रणा पठाएको भएपनि शनिवार सम्पनन विवाहलाई भने गोप्य नै राखिएको थियो । अखवारहरुले जनाए अनुसार प्रधानमन्त्रीको यो विवाहका बारेमा स्वयं प्रधानमन्त्री कार्यालयकै धेरै जसो कर्मचारीलाई जानकारी दिईएको थिएन । यही विवाहका कारण वेस्टमिनिस्टर चर्च शनिवार १.३० बजे नै बन्द गरिएको थियो । प्रधानमन्त्री बोरिस जनसनको नजिी जिन्दगीका बारेमा धेरै कुरा अनजान नै रहेका कारण बेलायती सञ्चार माध्यमहरुमा बोरिस जनसन बोनकिंग बोरिसका नामले सम्बोधित हुने गरेकाछन् ।


