बुढी गण्डकी नदिको बहाब उच्च सतर्क प्रशासनको आग्रह
१ असार २०७८, मंगलवार २२:५१
१ असार, २०७८ मंगलबार
अविरल वर्षाका कारण गोरखा र घादिङ को सिमाना मा रहेको बुढि गण्डकी को बहाव उच्च भएको छ । लगातारको बर्ष पछि पानीको सतह बढ्दै गएको छ । हिजो सोमवार देखि नै पानी निरन्तर परिरहेकाले अझै पानीको सतह बढ्ने अनुमान गरिएको छ ।
गण्डकी नदीमा पानीको बहाव बढ्दा जोखिम बढेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन गोरखा र घादिङ जिल्ला प्रशासनले आग्रह गरेको छ ।
बाढी र पहिरोबाट गोरखा जिल्लामा अहिले सम्म मानवीय र भौतिक क्षति भएको जानकारीमा आएको छैन। प्रहरीका मातहतका निकाय, सशस्त्र प्रहरी, नेपाली सेना सबै सतर्क अवस्थामा रहेको र जनतालाई पनि सतर्क रहन अपिल गरेका छन् ।


