२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

बुढिगण्डकी मुआब्जा विषयमा नेपाली कांग्रेस गोरखाले प्रधानमन्त्री समक्ष बुझायो ज्ञापनपत्र

१० श्रावण २०७८, आईतवार १९:१६

१० साउन २०७८, काठमाण्डौं


नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष गोरखा कांग्रेसले ज्ञापन पत्र बुझाएका छ्न ।
बहुआयामिक प्रकृतिको राष्ट्रिय गौरवको बुढिगण्डकी दुबान छेत्रका जग्गाको मुआब्जा वितरण कार्य प्राय सम्पन्न भएता पनि हालसम्म घर गोठ टहरा तथा फलफूल बोटबिरुवाहरुको मुआब्जा निर्धारण र वितरण लगायत कार्य लगायत योजनासंग
कयौं आधारभुत कार्य गर्न गराउन बिलम्व भइरहेको र यसबाट जनताको जीबिकोपार्जनमा गम्भीर असर परेको कारण आज सामुहिक रुपमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
आज प्रत्यक्ष रुपमा भेटघाटका क्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्री सुरेन्द्र पाण्डे,नेपाली कांग्रेस केन्द्रीयका सदस्य कमला पन्त, नेपाली कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, कांग्रेस गोरखा पार्टी सचिब नन्द प्रसाद न्यौपाने, भिमसेनथापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, चुनधुम्ब्री गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ, नेपाली कांग्रेस सचिव आरुघाट गाउँपालिका अध्यक्ष पुर्ण बहादुर दहाल, गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना लगायत गोरखा कांग्रेस पार्टीको तर्फबाट उक्त ज्ञापन पत्र बुझाउनु भएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV