२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

बाघको बासस्थान सुरक्षित बनाउन आवश्यक छ प्रधानमन्त्री

१४ श्रावण २०७८, बिहीबार १६:५२

१४ साउन २०७८, काठमाण्डौं


प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व बाघ दिवसका अवसरमा ललितपुरमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध रहेको धारणा पनि राख्नुभयो । त्यस्तै उहाले विश्वका बिभिन्न देशबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबद्र्धनमा पनि बाघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगारसमेत पाउने प्रधानमन्त्री देउवाकोे भनाइ छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभयो । नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिनुभयो । नेता नेपालले राप्रपाका नेता दीपक बोहोराजस्तो प्रतिबद्ध मन्त्री नभएको भए आफूले गौरव गर्न लायक काम गर्न नसक्ने बताउनुभयो ।
त्यस्तै पूर्वमन्त्री दीपक बोहोराले नेपालको बाघ संरक्षणका लागि यसअघि भएका प्रयासहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाले सन् २०२२ सम्म बाघको संख्या बढाउने लक्ष्यलाई पुरा गर्नका लागि वन्यजन्तु मैत्री पूर्वाधार गर्नुपर्ने धारणा राख्नुभयो ।
‘बाघको अस्तित्व ः मानवको दायित्व’ भन्ने सन्देशका साथ बिहीबार बाघ दिवस मनाइको हो । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV