२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने

१६ असार २०७८, बुधबार ०९:०८

१६ असार २०७८, काठमाण्डौं

बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्य माथि छलफलकालागि प्रदेशसभा बैठकको बस्न लागेको हो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आह्वान गर्नुभएको बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्य माथि छलफल हुने बागमती प्रदेशसभा सचिवालयले जनाएको हो । गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभए पश्चात स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ गरी कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV