प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले समाजवादीका अध्यक्ष नेपालवीच भेटवार्ता
३ भाद्र २०७८, बिहीबार १२:५२
३ भाद्र २०७८, काठमाण्डौं
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ ।
अहिले तीन नेताबीच भेटवार्ता भएको छ । हिजो निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा, दाहाल र नेपालको भेटवार्ता भएको हो । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । पाँच दलीय गठबन्धनबाट बनेको सरकारले एक महिना बढी पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन् । नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ । नेपालकै निर्णय नआएको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउने गरेका थिए ।

