प्रधानमन्त्री केपी शर्मा ओली बाकु जाने
३ कार्तिक २०७६, आईतवार १४:०१
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ८ गते जाने भएका छन ्। सम्मेलनमा प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी लगाएत राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्नेछन् साथै सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । सम्मेलन पश्चात प्रधानमन्त्री ओली कात्तिक १० गते बिहान नेपाल आइपुग्नेछन्।

