प्रधानमन्त्री ओलीले पुनः मन्त्रिपरिषद विस्तार गर्नुहुँदै, शपथ ग्रहणको कार्यक्रम पनि आजै ।
२७ जेष्ठ २०७८, बिहीबार १४:०४
जेठ २७ २०७८ बिहिबार, काठमाण्डौं

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।
गएको शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तार विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेकै बेला प्रधानमन्त्री ओलीले पुन मन्त्रिपरिषद् विस्तार गर्नु लाग्नु भएको हो । हाल आठ वटा मन्त्रालय आफूसँगै राख्नुभएका उहाँले आजै अपराह्न सम्म मन्त्री नियुक्त गर्ने वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आउनुभएको छ । नवयुक्त गरिने मन्त्रीहरुको शपथ ग्रहण समेत आजै खुवाने तयारी रहेको छ ।

