प्रदेश २ सरकारमा कांग्रेस र माओवादीको इन्ट्री
२४ जेष्ठ २०७८, सोमबार १३:२८
जेष्ठ २४ २०७८, सोमबार
प्रदेश २ सरकारमा जनता समाजवादी पार्टी (जसपा) ले नेपाली काँग्रेस र माओवादी केन्द्रलाई समावेश गराउने तयारी तिव्र पारेको छ ।
जसपानेतृत्वको प्रदेश २ सरकारबाट एक मन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारी तिव्र पारिएको हो । यसैको तयारीकालागि जसपा अध्यक्ष उपेन्द्र यादवजनकपुरमा सक्रिय रहनुभएको छ । उहाँले विहानैदेखि काँग्रेस र माओवादी केन्द्रसँग वार्ता गरिरहनु भएको छ । स्रोतका अनुसार काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट एकजना गरी तीनजनाको सम्भव भएसम्म आजै वा आज नमिले भोलीसम्म सपथ ग्रहण गराउने तयारी छ । प्रदेश २ सरकारमा सहभागि हुन काँग्रेस र माओवादी केन्द्रले सहमति जनाइ सकेको छ । मन्त्रालय छनोटका विषयमा भने छलफल जारी रहेको बताइएको छ । स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवर माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा जाने लगभग तय भइसकेको बताइएको छ । आजै सपथ ग्रहणकालागि तयारी भैरहदा अहिले हाल भएका ६ मन्त्रालय फुटाएर संख्या बढाउने विषयमाथिको छलफल जारी छ । छनोट गरिएका मन्त्रालयमा कुरा मिल्यो भने आज या भोलिसम्ममा सपथग्रहण हुने छ ।


