२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेबिसंघका महामन्त्री तिमल्सिनाको नेतृत्वमा सिन्धुपाल्चोकका बाढी पिडितलाई राहत वितरण

४ असार २०७८, शुक्रबार २३:०१

४ असार २०७८ शुत्रबार

नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा जिल्लाका नेताहरुको टोलिले उद्वार,राहत र पुनःस्थापना कार्य जारी राखेको छ । उनीहरुका टोलीले बुधबार देखिनै सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ मा उद्वार,राहत र पुनः स्थापनाका कार्य जारी राखेका हुन् ।
सन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ को याङ्री लार्के भेगमा अविरल बर्षा संगै गएको ठूलो पहिरोको कारणले खोला थुनिएर आएको बाढिले जिल्लाका हेलम्बु, मेलम्ची, नवलपुर, चनौटे, तालामाराङ, लार्के याङ्री लागायतका विभिन्न भु–भागका दर्जनौं मानिसहरु बेपत्ता,खेतीयोग्य जमिन बगरमा परिणत, बस्ती तथा बजारका घरबार तथा विभिन्न भौतिक संरचना लगायत विकास निर्माणका संरचना ध्वस्त भएको कारण जिल्लाबासीले फेरि अर्को बिपत्ति भोग्नुपरेको छ ।
संघका महामन्त्री तिमल्सिनाले नेतृत्व गरेको ने।बि।संघ टोलि सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाइँ र सिन्धुपाल्चोक जिल्ला सभापति बिकाश लामा मार्फत बुधबार नै तत्कालको राहतको निम्ति खाद्यान्न सामग्री सहित उद्वार्कर्मी,स्वास्थ्यकर्मी र शुरक्षाकर्मीका निम्ति अत्यावश्यक पिपिइ सेट,फेससिल्ड,मास्क,स्यानिटाइजर लगाएतका सामग्री हस्तान्तरण गरेका छन् ।महामन्त्री तिमल्सिनाका टोलीले राज्यसित उद्वार,राहत,पुनर्स्थापना र पुनर्वासका निम्ति तत्काल बृहत योजना सहितको कार्य तदारुकताका साथ प्रारम्भ गर्न माग समेत गरेका छन् । हरेक बिपत्तिमा सदैब अग्रमोर्चामा रहेर स्वयंसेवि भुमिकामा अबल साबित नेपाल विद्यार्थी संघ घटना घटे लगत्तै मेलम्ची,हेलम्बु र आसपास क्षेत्रमा परिचालित भएको जानकारी तिमल्सिनाले गराए ।
अकल्पनीय दुःखको घडिमा सबै मिलेर घटनाको सामना गर्न र यथाशीघ्र आफुले सकेको उद्दार तथा राहतमा जुट्न नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस लगाएत सबै भातृ तथा सुभेक्षुक संघ र संघसंगठन र यसमा आबद्ध साथीहरू,स्वदेश तथा बिदेशमा अबस्थित विभिन्न संघ संगठन र सहयोगी महानुभाब हरुमा हार्दिक अपिल समेत गरेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV