नेपाली व्यवसायी सुबुप्रताप केसीको अमेरिकामा ठगी, २ लाख ३० हजार डलर जरिवना
२१ जेष्ठ २०७८, शुक्रबार १४:५८
काठमाडौँ, २१ जेठ शुत्रबार
नेपाली व्यवसायीले अमेरिकामा ठगी गरेको पाईएको छ । अमेरिकाको भर्जिनिया राज्यमा व्यापार गरेर बसेका नेपाली व्यवसायीले गैरकानूनीरुपले राज्यको रकममा जालसाझी गरेको आरोपमा ठूलो रकम सजाय गरिएको हो ।
काठमाडौँको सामाखुशीमा घर भई अमेरिकामा बस्दै आएका केसी इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकसमेत रहेका सुनुप्रताप केसी ९सुबु०ले अमेरिकाको भर्जिनियाको च्यान्टलीमा कम्पनी खोलेर कोरोना महामारीमा अप्ठेरोमा परेका साना लगानीका व्यापारीहरुलाई अमेरिकी सरकारले सुविधास्वरुप दिने पीपीपी प्रोग्रामअन्तर्गतको रकममा जालसाझी गरेर ठूलो रकम ठगी गरेका हुन् ।
केसीले बन्द भइसकेको केसी इन्भेष्टमेन्ट गुप्रमार्फत पीपीपी अन्तर्गतको सुविधा लिएर अमेरिकामा समेत ठगी गरेको छ । इष्टर्न डिष्ट्रिक भर्जिनियाका एक्टिंग युएस एटर्नी राज पारेखद्वारा जारी विज्ञप्तिमा केसी इन्भेष्टमेण्ट्स गुप्र ९केसी इन्क०ले पे चेक प्रोटेक्सन प्रोग्राम९पीपीपी० अन्तर्गत धेरै लोन लिएर ठगी गरेकाले कारबाही गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा जालसाझी प्रमाणित भएसँगै उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट जरीवाना गर्ने निर्णय जुन २ बुधबार गरेको छ । केसीलाई सो रकम ३० दिनभित्र फिर्ता गरिसक्न आदेश दिइएको छ ।
आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्न केसी राजी भएपछि यो प्रकरणलाई आपराधिक मुद्धातिर नलगिएको बताइएको छ ।


